एलओडीका म्यानेजरसहित २ जना पक्राउ



काठमाडौँ । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न प्रहरीले काठमाडौँको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुङ्गानालाई पक्राउ गरेको हो । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ । यही प्रकरणमा यसअघि एलओडीका सञ्चालक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए

प्रतिक्रिया दिनुहोस्