काठमाडौँमा रातको समयमा राडो र ओमेगा घडी, सुनका तथा हिराका विभिन्न गरगहना चोर्ने पक्राउ  



काठमाडौँ । काठमाडौँमा रातको समयमा चाेरि गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले राती चोरी गर्ने समूहका दुई जनालाई पक्राउ गरेकाे हाे ।

 मिति २०८०/०४/०६ गते रातिको १२:०० बजे देखि ३:०० बजेको समयमा का.जि बु.न.पा.वडा नं. ३  गैरीगाउँ स्थित सुजन श्रेष्ठको घरबाट रोलेक्स, राडो र ओमेगा घडी, सुनका तथा हिराका विभिन्न गरगहना तथा नगद लगायत अन्दाजी मुल्य रू. ८५,२६,९००/- बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा उक्त चोरी भएको धनमालहरु पासा भन्ने बिकाश पोडेको साथमा रहेको भन्ने खुल्न आई निजलाई मिति २०८०/०४/१८ गते का.जि. ठमेलबाट पक्राउ गरी थप अनुसन्धान गर्दा उक्त चोरी गर्ने कार्यमा हाल प्रहरी वृत्त, मालिगाउँमा अभद्र व्यवहार कसुरको अनुसन्धानको सिलसिलामा थुनामा रहेका सुमन भन्ने विष्णु श्रेष्ठको संलग्नता रहेको खुल्न आएको छ ।

निज पासा भन्ने बिकाश पोडेलाई थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीले विष्णु श्रेष्ठ र विकाश देउलालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्