मोरक्कोलाई हराउँदै फ्रान्स महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा



काठमाडौं । फ्रान्सले मोरक्कोलाई हराउँदै महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । फ्रान्ससँग ४-0 को हारसँगै मोरक्को क्वार्टरफाइनलको यात्रा रोकिएको हो । एडिलेडमा भएको खेलको पहिलो हाफमा काडिडियाटोउ डियानी, केन्जा डाली र ले सोमरले गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाएका थिए ।

७०औं मिनेटमा ले सोमरले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्स ४-० ले विजयी भयो । विजयी फ्रान्सले शनिबार ब्रिसबेनमा घरेलु टोली अस्ट्रेलियासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्