पशुपतिमा भारतीय पुजारी नै किन ?



काठमाडौँ । ब्राह्मण २ प्रकारको हुन्छन् । पहिलो शुक्ल यजुर्वेदी अनि दोस्रो कृष्ण यजुर्वेदी शुक्ल यजुर्वेदी ब्राह्मण भनेको तपाई हामी हौ तर कृष्ण यजुर्वेदी ब्राह्मण भनेको  दक्षिण भारतको पनि कर्नाटक, महाराष्ट्र, आन्ध्र लगायतको १र२ स्थानमा मात्र पाइन्छन । नेपाल देश भनेको मन्त्र एवं तन्त्र साधना द्वारा बाँधिएको दिव्य भूमि हो ।

यहाँ गरिबी छ तर पनि मानिसले आफ्नो संस्कार त्यागेको छैन फलस्वरूप त्यत्रा शक्तिशाली पश्चिमा राष्ट्रहरूले समेत  नेपाललाई इतिहासको कुनै कालखण्डमा हराउन सकेन ।  त्यसैले त हामीले निकम्मा नेतृत्व पाउँदा समेत यो देश भगवान् भरोसा नै चलिरहेको छ

श्री पशुपतिनाथलाई नेपालको इस्टदेव मानिन्छ । इस्टदेव अर्थात् नेपालको कुलको देउता हुन् पशुपतिनाथ । तपाईँहरूलाई थाहा छैन होला शिवको शिवांश खान मिल्दैन । त्यसैले हो शिवलाई कुनै पनि प्रसाद चढ्दैन । उनलाई बेल पत्र, जल आदी चढाइन्छ । तर, कुनै कारणवश शिवलाई फल फुल प्रसाद चढाइयो भने पनि त्यसलाई खान मिल्दैन । खानु हुँदैन ।बुझ्ने मान्छेले शिवको प्रसाद निधारमा लगाउँछ तर खाँदैन ।दोष लाग्छ ।

कुल देवता भनेको पिता समान हुन् ।  त्यसैले शिव नेपालको इस्ट देव हुन् । पशुपतिमा पुजारी हुनको लागि कृष्ण यजुर्वेदी नै ब्राह्मण चाहिन्छ । कृष्ण यजुर्वेदी ब्राह्मणको विशेषता के हुन्छ भने यदि उनीहरूको घर परिवारमा कसैको मृत्यु नै भई हाल्यो भने पनि हात मुख धोएर आएपछि सकियो । जुठो बारेर बस्नु पर्दैन ।

जसको कारण पूजा आजामा कहिल्यै अवरोध सिर्जना हुँदैन । शिव भनेको तन्त्र साधनाका प्रणेता हुन् । तन्त्र शास्त्र के हो पहिले यसलाई बुझौँ तन्त्र साधना ४ भागमा विभाजन गरिएको छ । आगम तन्त्र, यामल तन्त्र र मुख्यर तन्त्र ।आगम तन्त्रमा शैवागम, रुद्रागम र भैरवागमन प्रमुख हुन्छ । यो कुरामा कृष्ण यजुर्वेदीहरू निपुण हुन्छन् । वैदिक ज्ञानको साथ साथै आगम तन्त्रको ज्ञाता नभई पशुपतिको पुजारी बन्न पाइँदैन ।

एक होइन पशुपति पुजारी बन्नको लागि कयौँ चरणहरू पार गर्नु पर्दछ । धेरै विधि विधानहरूमा निपुण हुनु पर्दछ । यहाँ सम्म कि कति बिहे गर्न पाउने, कति सन्तान जन्माउन पाउने त्यो समेत उल्लेखित छ विधि विधानमा शास्त्र जान्दैमा मात्र पुजारीको लागि योग्य बन्न सकिँदैन ।

तन्त्र साधना भित्र पनि कयौँ गुह्य विद्या छन् । सम्मोहन, त्राटक, त्रिकाल, इन्द्र जाल, परा, अपरा र प्राण विद्या यी सबैमा निपुण हुन्छन् पशुपतिको पुजारी । तन्त्र साधनाको प्रथम उपदेशक शिव हुन्  । आज मस्टो परम्पराको विषयको खुब चर्चा भई रहेको छ । मस्टोका धामीहरू पनि तन्त्र साधनामा निपुण हुनु पर्दछ ।
उनीहरूमा जन्मजात आफै धामी कुल उत्रन्छ ।

एक धामीले समेत कुल उत्रिएपछि अनेकौँ नियमहरू मानेर बस्नु पर्ने हुन्छ ।  शिव पश्चात् भगवान् दत्तात्रये, नारद, परशुराम, पिप्पलादि, वसिष्ठ, सनक, शुक, सन्दन, सनतकुमार, भैरव, भैरवी, काली आदी धेरै तन्त्र साधकहरू त्यसपछि देखापरे । शांति कर्म, वशीकरण, स्तंभन, विद्वेषण, उच्चाटन, मारण आदि कर्ममा तन्त्र साधक निपुण हुनु पर्दछ ।

त्यति मात्र नभएर मारण, मोहनं, स्तम्भनं, विद्वेषण, उच्चाटन, वशीकरण, आकर्षण, दक्षिणी साधना, रसायन क्रिया आदि प्रयोगमा नि साधक निपुण हुनु पर्छ । हामी ले सुन्दै आएका मन्त्रहरूको नि आफ्नै प्रकार छन् । मन्त्रहरू ३ प्रकारको हुन्छन्

१ वैदिक मन्त्र
२ तान्त्रिक मन्त्र 
३ साबर मन्त्र

कृष्ण यजुर्वेदीहरू ३ वटै मन्त्रमा निपुण हुन्छन् । तन्त्र साधकहरूले देवी काली, अष्ट भैरवी, नौ दुर्गा, दस महाविद्या, अनि ७४ योगिनी आदिको साधना गर्दछन् ।त्यसै गरी बटुक भैरव, काल भैरव, नाग महाराज आदिको पनि तन्त्र साधकले पूजन गर्दछन् । यिनीहरूलाई छोडेर यदि तन्त्र साधकले दक्षिणी, पिशाचिनी, अप्सरा, वीर साधना, गन्धर्व साधना, किन्नर साधना, नायक नायिका साधना,  डाकिनी९शाकिनी, विद्याधर, सिद्ध, दैत्य, दानव, राक्षस, गुह्मक, भूत, वेताल, आदिलाई पूजन गर्दछ त्यो स्वयं पतन हुन्छ । धेरै नियम छन् ।

पशुपतिको पुजारी बन्नको लागि के नेपालमा यस्तो योग्य व्यक्ति छ ?जसले पशुपतिको पुजारी हुनको लागि योग्यता दर्शाउन सकोस् ! के नेपालमा कुनै कृष्ण यजुर्वेदी ब्राह्मण छ ? जो यी कुरामा निपुण होस् ।पशुपतिको मूल पुजारी बन्नको लागि उसको एक भन्दा धेरै श्रीमती हुनु हुँदैन ।पशुपति क्षेत्र विकास कोष (कार्यव्यवस्था) नियमावली, २०५४ को नियम ३ मा श्री पशुपतिनाथको पुजारीको योग्यता तथा नियुक्तिको बारेमा उल्लेख गरिएको छ । उक्त नियममा “श्री पशुपतिनाथको पुजारी हुन जन्मसिद्ध हिन्दु धर्मावलम्बी, वेदाध्यायी, सदाचारी, धर्मशास्त्रमा विशिष्ट ज्ञान भएको, संस्कृतज्ञ, स्नातक, विद्वान ब्राह्मण र स्वजातिमा विवाह भएको व्यक्ति हुनुपर्नेछ ।

विदूरमा वा एकभन्दा बढी पत्नी भएको व्यक्ति मूल पुजारी हुने छैन भनी उल्लेख गरिएको छ । विन्ध्याचल पर्वतको दक्षिणमा जन्म लिएका कर्नाटक, महाराष्ट्र, आन्ध्र तथा द्रविणदेशका सपत्नीक गृहस्थ ब्राह्मण नै मात्र पुजारी हुनुपर्ने प्रचलन रहेको छ ।पुजारी आजन्म मांसाहारी नगरेको, वीर्य अखण्डित भएको, पुजारी भएर रहँदा बस्दा लवण सेवन (नुन खान) गर्न नहुने,जाडो घाम नभनी सत् आचारमा रही कठोर विधि पुर्‍याएर नित्य नैमित्तिक पूजा सञ्चालन गर्नुपर्ने हुन्छ ।

के यति नैतिकता तिमीमा छ रु यी नियम तिमि पालन गर्न सक्छौ रु पशुपतिमा भारतीय पुजारी राख्ने कारण मैले माथि भने जस्तै  नेपाली जनताले शिवस्व नखाने चलन मुख्य हो । इतिहासमा राजस्व, देवस्व र शिवस्वको ठूलो महत्व रहेको छ । राजद्रोही र राज्य विरुद्धको कसुर गर्नेलाई शिवस्व खुवाइन्थ्यो । शिवस्व खानेले चन्द्र सूर्य रहँदासम्म नरकमा नै यातना प्रताडना भोग्नुपर्ने मान्यता हुन्छ ।पूजा प्रक्रम चलाउने भट्ट ब्राह्मणहरू कृष्ण यजुर्वेदको तैत्तिरीय शाखाध्यायी हुनुपर्ने विधान छ । नेपालका हरेक क्षेत्रमा शुक्ल यजुर्वेदको विभिन्न शाखा अनुसरण हुने गरेका छन् । तर कृष्ण यजुर्वेद पढ्ने ब्रह्मनिष्ठ विद्वानको उपस्थिति
नेपालमा अहिलेसम्म बोध भएको छैन ।

प्रतिक्रिया दिनुहोस्