सामान्य अङ्कले बढ्यो नेप्से



काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले उकालो लागेको छ ।  बिहीबार नेप्से परिसूचक ५.१३ अङ्कले उकालो लागेको हो । नेप्से आज उकालो लागेसँगै २०६६.०५ विन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इण्डेक्स १.१० अङ्क बढेको छ । भने फ्लोट इण्डेक्स ०.२१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अङ्कले बढेको छ। नेप्सेसँगै कारोबार रकम पनि उकालो लागेको छ । अघिल्लो कारोबार दिन १ अर्ब ८८ करोडको शेयर कारोबार भएको बजारमा आज २६९ स्टकको ५७ हजार ७८९ पटकको कारोबारमा २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको ५५ लाख ३ हजार कित्ता सेयर बारोबार भएको छ ।

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.०९ प्रतिशत बढेको छ। त्यसै गरी, सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य साढे ७ प्रतिशत बढेको छ भने श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको सेयर मूल्य साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.५३ प्रतिशत घटेको छ। त्यस्तै, सुपर मादी हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ।

१३ उपसमूहमध्ये  ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको छ। त्यस्तै, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ्ग, विकास बैङ्क, वित्त, जीवन बिमा र लघुवित्त उपसमूहको परिसूचक घटेको छ।

प्रतिक्रिया दिनुहोस्