संसद् अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने रास्वपाको घोषणा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसद् अवरुद्ध भएको समयको सेवा सुविधा नलिने भएका छन् ।

रास्वपा सभापति रवि लामिछानेले शुक्रवार सभामुख देवराज घिमिरेलाई संसद् अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गर्दै सो घोषणा गरेका हुन् ।

लामिछानेले राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयमा कुनै पनि सेवा सुविधा नलिने सभामुखलाई जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्