प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दुवैको अवरोध



काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू उभिएर बैठक सञ्चालनमा अवरोध गरेका छन् । शुक्रवार दिउँसो सवा १ बजे बसेको बैठकको सुरुमा एमाले सांसदहरू विरोधमा जनाएका हुन् ।

त्यस लगत्तै सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । साहलाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरू पनि उभिएर बैठक अवरुद्ध पारेका छन् ।

सांसद साहले होहल्लाका बिच आफ्नो भनाई राखेपछि एमाले सांसदहरूले नाराबाजी गर्दै सभामुखको ‘बेल’ घेराउ गरेका थिए । अवरोधपछि बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमालेले सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्दै आएको छ । सुन तस्करी प्रकरणमा हाल सिआईबीले अनुसन्धान गरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्