सरकार र निजी विद्यालय सञ्चालकबिच सहमति, आन्दोलनका कार्यक्रम स्थगित



काठमाडौँ । सरकार र आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूबिच सहमति भएको छ । शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मन्त्रिपरिषद्बाट पारित गरेसँगै यसमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

शुक्रवार सिंहदरबारमा रक्षा मन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक राईसहित सरोकारवालाहरुबिचको छलफलमा विद्यालय शिक्षासम्बन्धी विधेयक निजी विद्यालय सञ्चालकले उठाएको माग सम्बोधन गर्न सरकार तयार भएसँगै आन्दोलनका कार्यक्रम स्थगित भएका हुन् ।

यसअघि प्याब्सनका अध्यक्ष पाण्डव हमाल, प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना, हिसानका अध्यक्ष रमेश सिलवालले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त विधेयकको मस्यौदामा सात बुँदे सुझाव सार्वजनिक गरेका थिए । उनीहरूले आफूहरूको माग सम्बोधन नभएमा २८ गतेदेखि देशभर अनिश्चित कालीन विद्यालय बन्द गर्ने  घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्