भदौ २९ देखि सत्याग्रह बस्ने डा. गोविन्द केसीको घोषणा



काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्ति लगायतका माग राखेर २९ भदौमा अनशन बस्ने घोषणा गरेका छन् । सोमबारदेखि अनशन बस्ने घोषणा गरे पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएकाले एक महिना अनशन स्थगित गरेको थिए ।

उनले सीटीईभीटीले पछिल्लो समय निजी कलेजको फाइदाका लागि गरेको निर्णय खारेजी र चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्तिको माग गर्दै अनशन घोषणा गरेका हुन् ।

हाललाई सरकारले औपचारिक रूपमा प्रतिबद्धताहरू कार्यान्वयनका लागि समय मागेकाले हामीले आजका लागि घोषणा गरेको सत्याग्रह एक महिनाका लागि स्थगित गरेका छौँ । उक्त समयमा प्रतिबद्धताअनुसार मागहरू पूरा भएर कार्यान्वयनमा नगएमा भदौ २९ गतेदेखि सत्याग्रह लगायत आन्दोलनका कडा कार्यक्रमहरू सुरु गर्ने पनि जानकारी गराउन चाहन्छौँ केसीले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्