एसिया कपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा



काठमाडौँ । पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

एसिया कप क्रिकेट अगस्ट ३१ मा सुरु हुँदै छ । उक्त प्रतियोगितामा नेपाल भारत र पाकिस्तान रहेको समूह ए मा छ । नेपालले पहिलो खेल पाकिस्तानसँग अगस्ट ३१ मा मुल्तानमा खेल्नेछ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्