‘गर्लफ्रेन्ड छोडे मैले’



काठमाडौँ । विक्रम जङ्ग शाहको नयाँ गीत ‘गर्लफ्रेन्ड छोडे मैले’ गीत सार्वजनिक भएको छ । गीतमा गायक विक्रम जङ्ग शाह र लोकप्रिय गायिका टीका पुनको स्वर,यज्ञ वि।क।को लय र शब्द रहेको छ । विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको छ ।

उद्धार म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । गीतको भिडियोमा चर्चित नायक पल शाह, बिजय पुन, विष्णु पुन र यानी पुनको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्