सरकारको कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा अनसन बस्न पुगेका शर्मा पक्राउ



काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै अनसन बसेका युवक पक्राउ परेका छन् । प्रहरीले सर्वोच्च अदालतको गेटमा अनसन बस्न गएका देव शर्मालाई पक्राउ गरेको हो।

कोशी प्रदेश सरकारमा मुख्यमन्त्री र सत्तागठबन्धनका सांसदहरुले संविधान बिपरित गतिबिधि गरेको भन्दै शर्मा सर्वाेच्चमा रिट दर्ता गर्न पुगेका थिए । तर, सर्वोच्चले उनको रिट दर्ता नगरेपछि अनसन बसेका हुन् ।

शर्मा कोशी प्रदेश स्थित बिराटनगका युवा हुन् । उनी सामाजिक तथा राजनीतिक क्रियाकलापमा पछिल्लो समय निकै सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्