ललितानिवास प्रकरणमा २८६ प्रतिवादी (सूची सहित)



काठमाडौँ । ललितानिवास जग्गा प्रकरणमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस परेको छ । ललितानिवास जग्गा प्रकरणमा  संलग्न बाँकी २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन राय दिएको छ ।

ललितानिवास जग्गा प्रकरणमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा रामकुमार सुवेदी, उनकी पत्नी माधवी सुवेदी, शोभाकान्त ढकाल, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह काठमाडौँ-५ का तत्कालीन वडा सचिव शिवजी भट्टराईलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।

भूमिसुधार तथा व्यवस्था विभागका रुद्रकुमार श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर बालकृष्ण श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका प्रमुख कलाधर देउवालाई पनि प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ ।

भूमि सुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव रवीन्द्रमान जोशी,  दिनेशहरि अधिकारी, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव युवराज भुसालविरुद्ध पनि मुद्दा चलाउन सीआईबीले भनेको छ ।

सीआईबीले प्रतिवादी बनाउन क–कसलाई सिफारिस गर्‍यो रु हेर्नुस् सूची :

प्रतिक्रिया दिनुहोस्