ड्रुक एयरले भुटानको पारोबाट पोखरा उडान गर्ने



काठमाडौँ । भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ड्रुकले ( सेप्टेम्बर -२३ भदौ)का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो ।

यो चार्टर्ड उडान हुने  जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले  जानकारी गराएका हुन् ।  यो जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ न्यारोबडी जहाजले उडान गर्नेछ ।नयाँ विमानस्थलमा उडान सुरु हुन केही समय लाग्ने भएको र अब भने क्रमशः उडानहरू आउने थालेको छन् । चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यावसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।अन्य उडान भने आन्तरिक मात्र भइरहेका छन् । अर्को नयाँ विमानस्थल भैरहवाबाट भने नेपाल एयरलाइन्सले तीन गन्तव्यमा उडान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्