आज नेपालले पहिलो पटक विश्वको नम्बर वान टोली पाकिस्तानसँग खेल्दै



काठमाडौँ । नेपालले एसिया कपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको छ ।  नेपाल र पाकिस्ताानबीचको खेल दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रङ्गशालामा क्रिकेट हुनेछ । नेपालले पहिलो पटक विश्वको नम्बर वान टोली पाकिस्तानसँग खेल्दै । नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन् ।

नेपालले एसिया कप खेल्ने आठौँ टोली बन्दै छ । एसोसिएट टोलीमा युएई, हङकङपछि तेस्रो टोली बन्नेछ । पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा छ । सन् १९९२ को विश्वकप तथा २००९ को टि२० विश्वकप विजेता पाकिस्तानसँग खेल्दा नेपाललाई कुनै दबाब हुनेछैन । आज नेपाली ब्याटरको अग्नी परीक्षा हुनेछ । पाकिस्तानका कप्तान बाबरले नेपाललाई कमजोर रूपमा नलिने बताएका छन् ।

पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल ।

प्रतिक्रिया दिनुहोस्