प्याजबाट पनि तौल घटाउन सकिन्छ !



काठमाडौँ । तौल घटाउनु सजिलो काम होइन । तौल घटाउन महिनौँ लाग्छ, जसमा कसरतदेखि लिएर खानपानसम्मको पूर्ण ख्याल गर्नुपर्छ । नजानेर तर धेरै पटक हामी यस्ता खानेकुरा खान्छौँ, जसले तौललाई कायम राख्न मद्दत गर्छ । यदि यी चीजहरू राम्ररी खाएमा तौल सजिलै घटाउन सकिन्छ।

हामीले दैनिक रूपमा खाने धेरै चीजहरू छन् र जुन वजन घटाउन लाभदायक हुन सक्छ। प्याज यी मध्ये एक हो। प्याज हरेक तरकारीमा प्रयोग गरिन्छ। यसले तरकारीमा स्वाद मात्र नभई स्वास्थ्यको हिसाबले पनि निकै फाइदाजनक हुन्छ । तर, यहाँ हामी तपाईँलाई प्याजले तौल घटाउन कसरी मद्दत गर्छ भनी बताउनेछौँ ।

प्याजमा पाइने घुलनशील फाइबरले पेटलाई लामो समयसम्म भरी राख्छ, जसले तौल घटाउन मद्दत गर्छ। एक कप प्याजमा ६४ क्यालोरी, १५ ग्राम कार्बोहाइड्रेट, १६ ग्राम फ्याट, ७ ग्राम फाइबर, ७६ ग्राम चिनी र भिटामिन पाइन्छ। यसबाहेक, प्याजमा क्वेर्सेटिन नामक यौगिक हुन्छ। यो फ्लेभोनोइडमा मोटोपन विरोधी गुण हुन्छ, जुन तौल घटाउनको लागि फाइदाजनक हुन्छ।

तौल घटाउनको लागि आफ्नो आहारमा प्याज समावेश गर्ने उत्तम उपाय भनेको यसको रस नियमित पिउनु हो। तरकारीमा प्याज भुलेर खाँदा यसको पोषक तत्त्व नष्ट हुन्छ । प्याजलाई पानीमा उमालेर रस तयार गर्न सकिन्छ।

प्याजको सूप दिउँसो वा बेलुकाको खानामा पिउन सकिन्छ। सबै पोषक तत्वले भरिपूर्ण यसको सूप लामो समयसम्म भरिपूर्ण रहन्छ।स्वादमा उत्कृष्ट हुने यो सूपले तौल घटाउन पनि मद्दत गर्छ। प्याजको सूपमा प्रोटिनका लागि पनीर पनि प्रयोग गर्न सकिन्छ। यसका साथै डाइटमा काँचो प्याज पनि समावेश गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्