
काठमाडौँ । एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाका विद्यालय आज दिउँसो २ बजेपछि बिदा हुने भएका छन् । वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधवार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न सूचना जारी गरेका हुन् ।
आजदेखि सुरु हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दै छ। घरेलु टिम पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेसँगै नेपालले विभिन्न रेकर्ड बनाउनेछ।
नेपालले पहिलो पटक एक दिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ। यस्तै नेपालले एक दिवसीय खेलमा पाकिस्तानसँग पहिलो पटक खेल्न लागेको हो। औपचारिक रूपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एक दिवसीय खेल खेल्ने अवसर जुरेको हो।
सन् २०१४ को टी९२० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठुलो प्रतियोगिता हो। टी९२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन। नेपालले २०२३ को एसिया कपमार्फत प्रतियोगितामा डेब्यू गर्दै छ।