भारतविरुद्ध आजको खेलमा पाकिस्तानका यी खेलाडीहरू खेल्दै छन् 



काठमाडौँ । जारी एसिया कपमा शनिवार भारत र पाकिस्तान खेल्दै छन् । पाकिस्तानको प्लेईङ-११ को घोषणा भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपालसँग खेलेको टोलीलाई निरन्तरता दिँदै पाकिस्तानको टोलीको घोषणा भएको हो ।

पाकिस्तानले पहिलो खेलमा नेपाललाई पराजित गरी सुखद सुरुआत गरेको थियो । पहिलो खेल खेल्दै गरेको भारत पहिलो खेलबाट सुखद सुरुआत गर्न चाहन्छ ।

यो खेल जित्दै पाकिस्तान सुपर चारमा पुग्ने पहिलो टोली बन्न चाहन्छ ।भारत र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ । खेल श्रीलङ्काको क्यान्डिमा हुनेछ ।

पाकिस्तानको प्लेईङ-११

बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्