एसिया कप : भारत र पाकिस्तानबिचको खेल ओभर घटाए पाकिस्तानले कति रनको लक्ष्य पाउँछ ?



काठमाडौँ । जारी एसिया कपमा भारत र पाकिस्तानबिचको खेल अन्ततः वर्षाले बिग्रिएको छ । क्यान्डीमा भइरहेको खेलमा भारतीय टोलीको इनिङ्सका क्रममा दुई–तीन पटकको वर्षाले केही समय बाधा पुर्‍याएको थियो तर भारतीय इनिङ्सपछि मौसमको अवस्था खराब रहेको छ । अबको खेल डकवर्थ लुइस नियमको आधारमा ओभर घटाउने र बदलिएको लक्ष्य पाकिस्तानको अगाडि राखिनेछ ।

पहिले ब्याटिङ गरेको भारतीय टोलीले ४९ ओभरमा पूरै टोली समेटेर पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको थियो । भारतीय इनिङ्स सकिन लगत्तै यस्तो वर्षा भयो कि खेल डेढ घण्टा भन्दा बढी समय बिग्रियो ।

पाकिस्तानले ४५ ओभर मात्रै सकेमा २५४ रनको लक्ष्य हुनेछ । १० ओभर काटिएमा ४० ओभरमा २३९ रनको लक्ष्य प्राप्त हुनेछ । योसँगै ३० ओभरको मात्र खेल भएमा २०३ रनको लक्ष्य हुनेछ भने २० ओभरको खेलमा पाकिस्तानले १५५ रन जोड्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्