प्रचण्ड र ओलीबिच सिंहदरबार भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबिच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली मङ्गलवार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

संसद्मा छलफल क्रममा रहेका विधेयकलगायत विषयमा दुई नेताबिच कुराकानी भएको हो । प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसङ्घ तथा चीन भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबिच झन्डै एक घण्टा छलफल चलेको छ ।

प्रतिक्रिया दिनुहोस्