भुटान एयरलाइन्सले काठमाडौँ उडान गर्दै



काठमाडौँ । भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ  पुनः उडान सुरु गर्ने भएको छ ।
उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आइतबार, सोमबार, बुधवार र शनिवार उडान गर्न लागेको हो ।

कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौँका उडान पुनः सुरु हुन लागेको हो । थिम्पुमा मुख्यालय रहेको भुटान एयरलाइन्सको उडानले पारो–काठमाडौँ–नयाँदिल्लीलाई दुई तर्फीरुपमा जोड्ने छन् ।

नियमित उडानले दुवै देशका पर्यटकलाई थप सहज हुने र यसले पर्यटन उद्योगलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्