नेपालले युएईविरुद्ध पहिले गदै ब्याटिङ गर्दै



काठमाडौँ । नेपालले आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा युएईविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।  नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । तेस्रो खेलमा भुटानलाई ३ विकेटले हराएको नेपालले चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।

नेपाल अपराजित रूपमा समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गर्न चाहन्छ । युएई पनि नेपाललाई पराजित गरी अपराजित रूपमा सेमिफाइनल पुग्न चाहन्छ ।

प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ । प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्  प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्