५१ वटा चार्जिङ स्टेशन उद्घाटन



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले निर्माण  गरेका देशभरका ५१ वटा चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । आज नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन, गरिएको हो ।

पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरे । योसँगै देशको चार्जिङ स्टेसन एकसाथ उद्घाटन भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने बताएको थियो ।

कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण विश्वभर कच्चा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । साथै ‘ग्लोबल वार्मिङ’का कारण आइरहेको प्राकृतिक परिवर्तन रोक्न समेत विश्वभरका देश विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने दबाबमा छन् ।

आफैंले चार्जिङ स्टेशन बनाउन जग्गा खरिद लगायतको झन्झट आएपछि यति बेला प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको छ । चार्जिङ स्टेशन बनाउन चाहने निजी क्षेत्रलाई बिजुलीको प्रबन्ध प्राधिकरणले नै गर्छ । प्राधिकरणका अनुसार हाल देशभरका २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्