२६‍.७ प्रतिशत कृषकद्वारा तरकारीमा विषादीको प्रयोग 



काठमाडौँ । नेपालीको दैनिक भान्सामा प्रयोग हुने तरकारीमा अझै पनि विषादीको प्रयोग हुने गरेको छ ।  सरकारले सार्वजनिक गरेको कृषि गणना २०७८ अनुसार तरकारी बाली लगाउने कृषकको परिवार सङ्ख्या १९ लाख ७७ हजार ५ सय ७१ छन् ।

कुल तरकारी कृषकमध्ये ५ लाख २८ हजार १२ परिवारले तरकारीमा विषादीको प्रयोग गर्ने गरेको छन् ।  यसमध्ये पनि ६८ हजार एक सय १४ परिवारले तरकारीमा कडा विषादीको प्रयोग गर्दै आएका छन् । त्यस्तै ३ हजार ६ सय ९७ परिवारले तरकारीमा अत्यधिक कडा विषादीको प्रयोग गर्दै आएको कार्यालयले जनाएको छ ।

विवरण अनुसार भक्तपुर, काभ्रे र तराईका सीमा क्षेत्रमा जिल्लाहरूमा लगाइएको तरकारीमा अत्यधिक कडा विषादीको प्रयोग गर्ने गरेको पाइएको छ । तथ्याङ्क सङ्कलनका क्रममा कूल तरकारी लगाउने कृषकको सङ्ख्या मध्ये ७३.३ प्रतिशतले विषादीको प्रयोग नगरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्