बागमतीमा सत्तापक्ष र प्रतिपक्षबिच सहमति जुट्यो



काठमाडौँ । बागमती प्रदेश सभाको बैठक झन्डै दुई महिनापछि सुचारु भएको छ । समयदेखि अवरुद्ध बन्दै आएको प्रदेश सभाको बैठक आजबाट सुचारु भएको हो । सत्तापक्ष र प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाबिच सहमति जुटेपछि सदनको अवरोध हटेको जनाइएको छ । गत असार २१ गते आर्थिक वर्ष २०८०-०८१ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन । २ महिनापछि गत भदौ १८ गते बोलाइएको बैठक पटक पटक स्थगित भएपछि आज सभामुखले सर्वदलीय बैठक बोलाएका थिए ।

सभामुख पाठकले बोलाएको सर्वदलीय बैठकमा यसअघि प्रतिपक्षी दलसँग सरकारले गरेको सहमतिको अक्षरंश पालना गर्ने सहमति भएपछि प्रतिपक्षी दलहरू सदनको अवरोध हटाउन सहमत भएका थिए । दुवै पक्षबिच सहमति भएपछि सदनको बैठक सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्