एमाले कार्यालयमा तेजाब आक्रमणविरुद्धको दिवस (फोटो फिचर)



काठमाडौँ । सोमबार नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा एसिडलगायत जलन पीडितहरू भेला भएर तेजाब आक्रमण विरुद्धको जागरण दिवस मनाइएको छ । कार्यक्रममा नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रम आयोजक एमाले केन्द्रीय कार्यालयले भदौ २५ गतेलाई जलनविरुद्धको दिवसका रूपमा मनाउन एसिडलगायत जलन पीडितहरूलाई भेला गरेको थियो । सरकारले यो दिवसलाई मान्यता दिई नसकेको भए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला एसिड आक्रमणविरुद्धको कानुन ल्याइएको कारण पार्टीले यसलाई दिवसको रूपमा मनाएको एमाले महासचिव प्रदीप ज्ञवालीले बताए ।

ओली प्रधानमन्त्री भएका बेला २०७७ भदौ २५ गते पहिलो पटक सरकारले अध्यादेशमार्फत एसिड आक्रमणविरुद्धको कडा कानुन ल्याएको थियो । पीडितहरूसँग भेटेको १५ दिनभित्र ओली सरकारले सो अध्यादेश ल्याएको थियो ।सोही दिनलाई एमालेले तेजाब आक्रमणविरुद्धको दिवसका रूपमा यस वर्षबाट मनाउन थालेको हो । कार्यक्रममा अन्य जलन पीडितहरू भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्