गैह्रीगाउँ हत्या प्रकरण : चारै जनाको शव शिक्षण अस्पतालमा, एक जना पक्राउ



काठमाडौँ । काठमाडौँको तीनकुनेको गैह्रीगाउँस्थित दिव्य स:मिलमा हत्या भएका चारै जनाको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।शवलाई पोष्टमार्टमका लागि आज बिहानै शिक्षण अस्पताल पठाएको हो ।

स:मिलमा एकै परिवारका तीन जनासहित ४ जनाको शुक्रवार राति हत्या भएको थियो । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेका प्रहरीले जनाएको छ । राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्