मजदुरबिच झडप हुँदा एकको मृत्यु



काठमाडौँ । रुपन्देहीको तिलोत्तमामा मजदुरहरूबिच झडप हुँदा एक जनाको ज्यान गएको छ । हेटौँडा घर भई रुपन्देहीको मङ्गलापुरमा बस्दै आएका सुरेश स्याङताङको ज्यान गएको हो । झडपका क्रममा गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

झडपमा परी काठमाडौँ महानगरपालिका९१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन् ।तिलोत्तमा ९ केवलानीमा मजदूरी काम गर्दै आएका दुई पक्षबिच सोमबार राति झडप हुँदा स्याङताङमाथि धारिलो हतियार प्रहार भएको थियो ।

मदिरा सेवन गरेका मजदुरहरू धारिलो हतियारसहित झडपमा उत्रिएका थिए । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्