
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले दैनिक आयात गरिने सुनको कोटा बढाएको छ । राष्ट्र बैङ्कले दोब्बरले सुनको कोटा बढाएको छ । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूलाई दैनिक दिन २० किलो सुन आयात गर्न अनुमति दिएको हो ।
यो निर्णयसँगै अब हरेक दिन १० केजी सुनबाट बढेर २० केजी सुन आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कका सह प्रवक्ता डा. डिल्लीराम पोखरेलले सुनको कोटा बढाएर २० किलो पुर्याएको बताए । उनका अनुसार राष्ट्र बैङ्कले आजै वा आइतबार यस विषयमा सर्कुलर जारी गर्नेछ ।