मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी



काठमाडौँ । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । शुक्रवार राति बजारमा आगलागी भएको हो ।राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयवासीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बजारका ६ वटा घर पूर्णपुरमा जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।

कुनै मानवीय क्षति नभएको तर ठुलो आर्थिक क्षति भएको अनुमान गरिएको छ । घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर पसल थिए । तर, क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्