सामाजिक सञ्जाल मार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुऱ्याउने व्यक्ति पक्राउ



काठमाडौँ । सामाजिक सञ्जाल मार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुऱ्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न जात जाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू उत्पादन गरी सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रदर्शन गर्ने कार्यमा संलग्न सनि शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

सर्लाही जिल्ला, मलवा नगरपालिका वडा न. ९ स्थायी वतन भएको वर्ष २० को सनि शर्मा भन्ने प्राविधिक विश्लेषण तथा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई काठमाडौँ, का।म।न।पा। २७ बाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा मिति २०८०-०६-८ गते सम्मानित काठमाडौँ जिल्ला अदालतको आदेशले दिन ६ (छ) म्याद थप भई थप अनुसन्धान भइरहेको ।

प्रतिक्रिया दिनुहोस्