सिमराका शिक्षक ब्रहमदेव पासवानको न्यायका लागि उत्रिए उनका पूर्व विद्यार्थीहरू



काठमाडौँ । एक शिक्षक जसले आफूले अध्ययन गरेको विद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ वर्ष प्रावि शिक्षकको रूपमा काम गर्दै आए । अबको २ वर्ष पछि उनी उमेर हद्दका कारण अवकाश हुने छन् ।

आफ्नो जीवनको ४१ वर्ष बिताएको र सेवा गरेको ठाउँबाट एकाएक उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हरपुर सरुवा गर्‍यो, आर्थिक रूपले कमजोर, कुनै सवारी साधन नभएका, उनका लागी हरपुर अपायक ठाउँ थियो तर उपमहानगरले सरुवाको पत्र विद्यालयमा पठाएपछि उनी कार्यरत विद्यालयले उनीसँग कुनै सोधखोज नगरी पत्र थमायो ।

आफूले ४१ वर्ष बिताएको ठाउँ, अबको २ वर्ष बाँकि जागिर जीवन, आर्थिक रूपले कमजोर रहेकाले उनी चुपचाप जहाँ सरुवा गरेको हो त्यही गए तर त्यहाँ उनलाई हाजिर गर्न दिइएन । उनले सो विषयमा महानगरालाई जानकारी गराए तर महानगरले कुनै चासो दिएन । उनी सुरुवा भएको स्कुलमा अकैलाई नियुक्ति दिइयो र उनी सरुवा भएर गएको स्कुलमा पनि हाजिरी लगाउन दिइएन ।

सिमराका शिक्षक ब्रहमदेव पासवानको न्यायका लागी उनका पूर्व विद्यार्थीहरूले आज सिमरा चोकमा शिक्षक ब्रहमदेव पासवानलाई न्याय दे भनेर जीतपुरसिमरा उपमहानगरपालिका लाई ध्यानाकर्षण गराएका छन् । शिक्षक पासवानलाई हाल सम्म पनि उपमहानगरले विद्यालयमा हाजिर गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्