पर्सामा विद्यार्थीहरूमाथि प्रहरी हस्तक्षेप



काठमाडौँ । पर्साको विन्दवासिनी गाउँपालिका घेर्न पुगेका विद्यार्थीहरूमाथि प्रहरीको हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेपमा ६ विद्यार्थी घाइते भएका छन् । शिक्षकको सरुवाको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

गाउँपालिकाले शिक्षकहरूको जथाभाबी सरुवा गरेको, पठनपाठन राम्रो नभएको र स्कुलको पढाइ लथालिङ्ग भएको भन्दै गाउँपालिका कार्यालय धर्ना दिन गएका विद्यार्थी र प्रहरीबिच झडप हुँदा पर्साको बिन्दबासिनी गाउँपालिकास्थित गर्दौल माध्यमिक विद्यालय र बहुअर्वा भाटामा अध्ययनरत केही विद्यार्थीहरू घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्