सुदूरपश्चिमकाे अध्यक्षका लागि ४ जनाको उम्मेदवारी



काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयले प्रकाशन गरेको प्रारम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्षका लागि अछामका कृष्ण प्रसाद जैसी, कमल तिमिल्सिना र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै, बझाङका बचनबहादुर सिंहले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारको नाम फिर्ता आजको समय १२ः३० देखि २ बजेसम्मलाई तोकिएको छ ।  कार्यतालिका अनुसार आज दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । मतदानको समय मङ्गलवार साँझ ५ बजेलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्