बालकोटमा कोशीका मुख्यमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ । कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमालेका ३९ सांसदको सहयोगमा मुख्यमन्त्री बनेपछि काठमाण्डु आएका कार्की र अध्यक्ष ओलबीभ बालकोटमा भेटवार्ता भएको हो ।

विराटनगरबाट आएलगत्तै उनले पहिले शेखर कोइरालालाई भेटेका थिए । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि ओलीलाई भेट्न बाल्कोट पुगेका हुन् ।अध्यक्ष ओलीले कार्कीलाई मुख्यमन्त्री भएकोमा बधाई दिएका छन् । शनिबार साँझ कार्की राजनीतिक विश्लेषक एवं डा। शेखर निकटका पुरञ्जन आचार्यसहित बालकोट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्