त्रिविले १२ आङ्गिक क्याम्पसले पाए नयाँ कार्यक्रम सञ्चालन अनुमति



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले १२ वटा आङ्गिक  क्याम्पसहरूलाई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिएको छ । त्रिवि प्राज्ञिक परिषद्ले १२ क्याम्पसलाई बीएससी-सीएसआईटी, बीबीए, बीबीएस, बीआईएम लगायतका कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो ।

महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर, मेची बहुमुखी क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरलाई बीएससी–सीएसआईटी, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुरलाई बीआइटी, डिग्री क्याम्पस विराटनगरलाई बीआईटी र बीबीए, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बीआईटी, पाटन संयुक्त क्याम्पसमा बीबीएम, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा बीआईसीटी कार्यक्रम सञ्चालन अनुमति दिएको छ ।

परिषद्ले सरस्वती क्याम्पस काठमाडौँमा स्नातक तहमा पत्रकारिता र ग्रामीण विकास, स्नातकोत्तरमा हाइड्रोलोजी र मेटोरोलोजी विषय थप गरेको छ । धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङमा स्नातकोत्तर तहमा अङ्ग्रेजी र गोरखा क्याम्पस गोरखामा स्वास्थ्य विषयमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालनको अनुमति दिएको छ ।

अमृत क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर, पद्यकन्या क्याम्पसमा एमआइटी, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मास्टर इन पावर इलेक्ट्रोनिक्स एन्ड ड्राइभ्स इन्जिनियरिङ, पद्यकन्या क्याम्पसमा लैङ्गिक अध्ययन, भक्तपुर बहुमुखी क्याम्पसमा बीएसडब्लु, नेपालगन्ज क्याम्पसमा, त्रिभुवन क्याम्पस पाल्पामा बीसीए, जुम्ला क्याम्पस जुम्लामा एमबीएस अध्यापन अनुमति पाएको छ । परिषद्ले मानविकी संकायको स्नातकोत्तर तहमा योग विज्ञान विषय अध्यापनको लागि स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्