पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ



काठमाडौँ । ३० वर्षीया पत्नी छविमाया राईको हत्या गरेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राई पक्राउ परेका छन् ।

पिटरले घरायसी विवादका कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । घटनाका बारेमा थप अनुसन्धान भइहरेको छ ।

प्रतिक्रिया दिनुहोस्