भारत सरकारको आर्थिक सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन



काठमाडौँ । भारतका राजदूत, महामहिम नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्लामा निर्मित दुईवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गरिएको छ ।

’नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका नेरू ५.५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिकािस्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको उद्घाटन गरिएको हो । विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा सो भवको उद्घाटन गरी हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्