चुनावमा गठबन्धन गरे काँग्रेस एक रहन्न : गगन थापा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली काँग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् । प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले ०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि गठबन्धनमा जान नहुने बताएका हुन् । उनले भने, कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली काँग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ ।’

चुनावमा गठबन्धन गर्ने कुरा पूर्णरुपमा अलोकतान्त्रिक नभए पनि नेपालको सन्दर्भमा निर्वाचन अगाडि गरिने गठबन्धनले प्रकारान्तरमा लोकतान्त्रिक रहेको थापाको भनाइ रहेको छ ।

उनले भने , ‘हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो त्यो बोक्नै सक्दैन, यसले तल जरासम्म कुहाउँछ । त्यस कारण निर्वाचन अगाडि गठबन्धन गर्ने कुरा रणनीतिक हिसाबले फाइदा बेफाइदा होला, सैद्धान्तिक हिसाबले गलत छ । जुन कुरा सैद्धान्तिक रूपले गलत हुन्छ, त्यो कुराले कुनै पनि रणनीतिक बनाएर त्यसको सेवा गर्न पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस्