भूकम्पले धादिङमा पुर्‍याएको क्षति 



काठमाडौँ । आइतबार बिहान गएको भूकम्पले धादिङमा १८ परिवारको घर गोठमा क्षति पुर्‍याएको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रबिन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो । भूकम्पले धादिङको विभिन्न ठाउँमा पहिरो समेत आएको छ ।  भूकम्पले पुर्‍याएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्