नेपालले युएईलाई दियो २८१ रनको लक्ष्य



काठमाडौँ । यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले युएईलाई २८१ रनको लक्ष्य दिएको छ ।मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको हो ।

नेपालले १४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेले । उनले तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औँ ओभरको पाँचौँ बलमा कुमाल ५५ रनमा आउट भए । त्यसपछि उत्तम थापा मगरसँग ४५ रनको साझेदारी गरेका खनाल शतक बनाएर आउट भए ।उनले ९० बलमा शतक रन पुरा गरेका थिए । थप दुई बल सामाना गरेका उनी १०० रनमै आउट भए ।

उत्तमले पनि अर्ध शतक पुरा गरे । पाँचौँ विकेटका दीपक डुम्रेका लागि ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए । युएईका हरित शेट्टीले ५ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्