१३ गते जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । कात्तिक १३ गते सोमबार दिनको २स्३० बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी उक्त बैठक बोलाइएको हो । आगामी बैठकमा मधेश प्रदेश सभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे बैठकमा छलफल हुनेछ ।

साथै बैठकमा पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानबारे समेत समीक्षा हुने जनाइएको छ । जसपाले गत भदौदेखि पार्टी विस्तार र सुदृढीकरणसम्बन्धी तीन महिने अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्