सिंगापुरले टस जित्यो, नेपालले बलिङ गर्ने 



काठमाडौँ । टी–२० विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरसँग पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले फिल्डिङ गर्ने छ ।

नेपाली टोलीमा आज सन्दीप लामिछाने परेका छन् । त्रिकोणात्मक सिरिजको फाइनल खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएका हुन् । ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्