सुनको मूल्य घट्यो 



 काठमाडौँ । सुनको मूल्य हालसम्मकै रेकर्ड मूल्यबाट ओरालो लागेको छ ।  सोमबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपाली बजारमा आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर एक लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ ।

गत शनिवार र आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा छापावाल सुन एक लाख १७ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।आजका लागि तेजाबी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्