बारामा गोली लागि घाइते भएका शिक्षकको मृत्यु



काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका–६, मस्जिद चोकमा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको ज्यान गएको छ । दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए ।

गोली लागे लगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट पनि काठमाडौँ रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेका हुन् । उनको घाँटी र छातीमा चार राउन्ड गोली लागेको छ । अहिले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, कलैया उपमहानगरपालिकाका मेयर विनोद शाह लगायतको टोली पनि अस्पतालमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्