कुशल भुर्तेल र मल्लकाे आक्रामक ब्याटिङमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा



काठमाडौँ । नोपालमा जारी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा पुरा गरेको हो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे ।

मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए । नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान बनेको छ । ओमानले आजै बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएको छ । बुधवार नेपाल र ओमानबिच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्