नेपाल आज ओमानको सामना गर्दै 



काठमाडौँ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा समूह ए को अन्तिम खेलमा आज  बिहीबार ओमानसँग खेल्ने भएको छ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले भने मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो ।

नेपाल र ओमानबिचको खेलले समूह ए को विजेता निर्धारण गर्नेछ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । पहिलो खेल खेल्नुअघि नेपालले प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । सिंगापुरविरुद्ध खेल्नुअघि अन्तिम समयमा दीपेन्द्रको बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । त्यसैले प्लेइङ–११ परिवर्तन गर्दै विवेक यादवलाई खेलाएको थियो ।

विनोद टियुमा राम्रो प्रदर्शन पनि गर्दै आएका छन् । विकेटकिपिङ राम्रो गर्ने गर्दछन् । नेपालले विवेकको स्थानमा विनोदलाई मौका दिन सक्छ । टोलीमा अन्य कुनै पनि खेलाडीको परिवर्तनको सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्