भूकम्पको क्षतिको शोकमा नेपाली क्रिकेटरले गरे मौन धारण



Nepali-Cricket-team

काठमाडौँ । आइसिसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरूले कालो पट्टी बाँधेर खेलेका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरूको शोकमा नेपाली टिमले हातमा कालो पट्टी बाँधेर ओमानविरुद्ध क्रिकेट खेलेका हुन् । नेपाली खेलाडीहरूले मौन धारण पनि गरेका छन् ।

भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरूको शोकमा हातमा कालो पट्टी बाँधेर खेल्ने निर्णय गरेका हुन् । यो फाइनल खेलको टिकट बिक्रीको आधा रकम भूकम्प पीडितहरूलाई दिने निर्णय यसअघि नै नेपाल क्रिकेट सङ्घ क्यानले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्