नेपाली बजारमा घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १५ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ८५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४१५ रुपैयाँ मूल्य कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्