भूकम्पबाट घाइते थप एक जनाको मृत्यु



काठमाडौँ । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक मृत्यु भएको छ । पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरकको उपचारका क्रममा मृत्यु भएको हो । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । उनको आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

यससँगै जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी मृत्यु हुने सङ्ख्या १५४ पुगेको छ । रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ । हाल कर्णाली प्रदेश अस्पतालमा २६ घाइतेहरूको उपचार भइरहेको  छ ।

प्रतिक्रिया दिनुहोस्